१० साउन २०८३, आइतबार

जीबी राईसँग मिलेर सहकारीको ३ करोड रकम व्यक्तिगत बैंक खाता जम्मा गरेको आरोपमा पछाई पक्राउ

असोज १५, २०८१
काठमाडौं
जीबी राईसँग मिलेर सहकारीको ३ करोड रकम व्यक्तिगत बैंक खाता जम्मा गरेको आरोपमा पछाई पक्राउ

गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) राईसँगको मिलेमतोमा तीन करोडभन्दा बढी रकम आफ्नो खातामा हालेर अन्य सम्पत्ति जोडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१५ खुमलटारकी लीला पछाई छिन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार पछाईले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको शेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम हिनामिना र अपचलन गरेको आरोप छ ।

गुल्मीको मुसिकोट स्थायी घर भएकी पछाईले सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत रकम हिनामिना र अपचलन गरेको दाबी प्रहरीको छ ।​

डीएसपी शर्माका अनुसार पछाईलाई सहकारी ठगीमा थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट चार दिनको म्याद लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्