
नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।
बुधबार नेप्से परिसूचक २६.०७ अङ्कले घटेर २५९७.४९ को विन्दुमा अडिएको हो ।
यस दिन बजारमा १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन मङ्गलबार मात्रै नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ को विन्दुमा अडिएको थियो ।
आज थ्री स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यस दिन थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा नेपाल फाइनान्स २० करोड ७१ लाख ५५ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।