०६ साउन २०८३, बुधबार
मौसम पूर्वानुमान

काठमाडौंसहित पूर्वी नेपालमा बिहानैदेखि वर्षा, दिउँसो कोशी र बाग्मतीमा ठूलो पानी पर्ने सम्भावना

असोज १७, २०८१
काठमाडौं
काठमाडौंसहित पूर्वी नेपालमा बिहानैदेखि वर्षा, दिउँसो कोशी र बाग्मतीमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ । हाल कोशी र बाग्मती प्रदेशका  थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पछिल्लो चार घण्टामा झापाको अनरमनी बिरता, शनिश्चरे,बाहुनडांगी, इलामको कन्याम टी-स्टेट, बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपासमा सामान्यदेखि मध्यम वर्षा मापन भएको छ । 

यी क्षेत्रमा थप वर्षा हुने सम्भावना छ । कन्काइ नदी, हेवा खोला, पूवाखोला, माई खोला,अदुबा खोला, बाहुने खोलालगायत अन्य स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र मधेशका थोरै स्थानमा एक-दुई स्थानमा हल्का दखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बाग्मती प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

यसपालि मनसुन लम्बिएर दशैंसम्मै वर्षा हुने हाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ । तर, यसपालि बाहिरिएको छैन । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यसपटक मनसुन सरदर  मितिभन्दा थप केही दिन पर धकेलिने बताइन् । 

कमेन्ट गर्नुहोस्