२१ असार २०८३, आइतबार

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

असोज २३, २०८१
पाल्पा
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा–बुटवल सडक खण्डको तानसेन नगरपालिका–८ डुम्रेमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 

दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासे बताए ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बेल्बासेले बताए ।

मोटरसाइकल चालक ठकुरीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रामपुर–१ हाँगेपिपलका १८ वर्षीय प्रवीण ठकुरी घाइते भएका छन् । ​निजको सोही कलेजमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्