
सिप्रदीको सामाजिक संस्था सिप्रदियन सहायता संस्थाले बाढी र पहिरो पीडितलाई राहत सामग्री वितरण गरेको छ ।
संस्थाले काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नम्बर १२ स्थित बाढी प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको हो ।
सिप्रदियन सहायता संस्थाको तर्फबाट संस्थाको सह-अध्यक्ष श्रीमती निलिमा राणा, वरिष्ठ उपाध्यक्ष शम्भु दाहाल, महासचिव राजेशप्रसाद गिरी, सह सचिव शारदा राना, सिप्रदी अटो पाट्र्सका सिनियर जनरल मेनेजर युवराज बुढाथोकी लगायतको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो ।
सस्थाले २०० घरपरिवारलाई राहत स्वरुप डसना, सिरानी, झुल, तन्ना, खाना बनाउन प्रयोग हुने सामग्री, प्रेसर कुकर, कराइ, जग, बाल्टिनसहितका सामग्री वितरण गरेको हो ।
कार्यक्रममा बनेपा नगरपालिका मेयर शान्ति रत्न शाक्य र वडा अध्यक्ष जयराम केसीको पनि उपस्थिति रहेको थियो ।
सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि क्रियाशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो ।
संस्थाले आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने, पौढ शिक्षा, नाबालक, टुहुरा र भिन्न क्षमता भएकाहरुको क्षेत्रमा पनि काम गर्दै आएको छ ।