२२ असार २०८३, सोमबार

भारतद्वारा नेपाललाई ३८ करोडभन्दा बढी मूल्यका पुल हस्तान्तरण

असोज २३, २०८१
काठमाडौं
भारतद्वारा नेपाललाई ३८ करोडभन्दा बढी मूल्यका पुल हस्तान्तरण

भारत सरकारले आज दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

 नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरुले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न नेपालको पुनर्निर्माण प्रयासलाई सहयोग गर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

 ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका यी पुलहरु भारत सरकारले अनुदानको रुपमा प्रदान गरेको हो । यी सामानहरु वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत  देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गरेको दूतावासले जनाएको छ । प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरु आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने जनाइएको छ । 

null

साथै,  बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामाग्री, औषधी, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको २५ टनभन्दा बढीको राहत सामाग्री उपलब्ध गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्