०२ साउन २०८३, शनिबार

दशैँमा घर जानेकाे ताँती: काठमाडौं उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

असोज २४, २०८१
काठमाडौं
दशैँमा घर जानेकाे ताँती: काठमाडौं उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

बिहीवार दिउँसोसम्म करिब आठ लाख यात्रु दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएको पाइएको छ । यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढीपहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । ‘सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,’ उनले भने, ‘उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौंमै दशैँ मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।’

उनका अनुसार शुक्रबारसम्म दशैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्याङ्क आउन बाँकी छ । ‘बिहीवार कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रवार पनि बाहिरिन्छन्,’ स्वारले भने । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दशैँमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनीकरण गर्न सजगताका साथ राजमार्गहरूमा ‘चेकिङ' भइरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्