२४ असार २०८३, बुधबार

केन्द्रीय कार्यालय बनाउन एमालेलाई व्यापारी गुरुङले गरे १० रोपनी ४ आना जग्गा दान

असोज २५, २०८१
काठमाडौं
केन्द्रीय कार्यालय बनाउन एमालेलाई व्यापारी गुरुङले गरे १० रोपनी ४ आना जग्गा दान

नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यापारी मीनबहादुर गुरुङ र उनी पत्नी सावित्री गुरुङले १० रोपनी ४ आना जग्गा दान गरेका छन् ।

भाटभटेनी सुपरमार्केटका संचालक एवं व्यापारी गुरूङले एमालेलाई जग्गा दान गरेका हुन् ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले शुक्रबार भवनको शिलान्यास गरे ।

एमाले महासचिव शंकर पोखरेलले जमिनका दाताले नै कीर्तिपुर वडा नम्बर २ स्थित मैत्री नगरमा बन्ने भवनको जिम्मेवारी लिएको जानकारी दिएका छन् ।

‘कीर्तिपुर वडा नम्वर २ मैत्री नगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास पार्टी अध्यक्ष तथा सम्माननीय केपी शर्मा ओलीले गर्नु भएको छ । मदन भण्डारी स्मृति भवनका रुपमा निर्माण हुने उक्त कार्यालय भवन एक वर्ष भित्र सम्पन्न गर्ने योजना छ,’ पोखरेलले शुक्रबार सामाजिक संजालमा लेखेका छन् , ‘१० रोपनी १४ आना जमिनको दाता मीनबहादुर गुरुङ र सावित्री गुरुङ (भाटभटेनी)ले उक्त भवन निर्माणको जिम्मेवारी समेत लिनु भएको छ । दानवीर गुरुङ दम्पतिलाई धेरैधेरै बधाई ।’

एक वर्षभित्र भवन बनाएर एमालेलाई आगामी वर्षको दशैंको घटनास्थपनामा हस्तान्तरण गर्ने गुरुङले बताएका छन् । 

भूकम्पले मदननगर बल्खुमा रहेको कार्यालय भत्किएपछि एमालेले यस अघि चप्पल कारखाना र त्यसपछि ललितपुरकाे च्यासलमा केन्द्रीय कार्यालय संचालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्