२९ जेठ २०८३, शुक्रबार

दिल्ली–शिकागो एयर इन्डियाको उडान क्यानडातर्फ डाइभर्ट

असोज २९, २०८१
काठमाडौं
दिल्ली–शिकागो एयर इन्डियाको उडान क्यानडातर्फ डाइभर्ट

सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मङ्गलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् ।

दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भयो र पछि क्यानाडातर्फ मोडियो, जहाँ उक्त विमान क्यानाडाको इक्लुइट विमानस्थलमा अवतरण भयो । 
   साथै, सोमबार मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीपछि दिल्लीतर्फ डाइभर्ट गरिएको थियो । तर, चेकजाँचका क्रममा कुनै शङ्कास्पद वस्तु भेटिएन ।
   भारतको नागरिक उड्डयन सुरक्षा निकाय र नागरिक उड्डयन सुरक्षा ब्यूरोले जुनमा यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्