२७ जेठ २०८३, बुधबार

स्रोत नखुलेको रकमसहित १ जना पक्राउ​

असोज ३०, २०८१
महोत्तरी
स्रोत नखुलेको रकमसहित १ जना पक्राउ​

महोत्तरीको जलेश्वर–सम्सी सडक खण्डको भोल्ही चोकबाट प्रहरीले स्रोत नखुलेको आठ लाख पाँच हजार पाँच सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताए ।​

बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाइकलमा मनरासिश्वा नगरपालिका–२ स्थित भोल्ही चोक जाँदै गरेका साहलाई प्रहरी टोलीले शङ्का लागि चेक जाँच गर्दा निजले लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको उक्त नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

साहले शरीरका विभिन्न भागमा लुकाएर बोकेको अवस्थामा एक हजार दरका नोट आठ सय एक थान र पाँच सयका नोट नौ थान प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका साह र उनी सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्