१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड दाखिला

कात्तिक १, २०८१
काठमाडौं
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड दाखिला
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्दै व्यवसायी मीनबहादुर गुरुङ दम्पती।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको रकम हिजो असोज ३० गतेसम्मको हो । 

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् । 

साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले ५१ लाख तथा राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् । 

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी र विद्युत् उत्पादन कम्पनीलगायत छन् ।

salt training

कमेन्ट गर्नुहोस्