०८ असार २०८३, सोमबार

चितुवासँग पाँच मिनेटसम्म भिडे ५५ वर्षीय भूपू सैनिक: उनी घाइते भए, चितुवा मर्‍यो

कात्तिक १, २०८१
काठमाडौं
चितुवासँग पाँच मिनेटसम्म भिडे ५५ वर्षीय भूपू सैनिक: उनी घाइते भए, चितुवा मर्‍यो
फाइल तस्वीर

भारतको उत्तर प्रदेशस्थित बिजनौरमा एक किसान र चितुवाबीच भएको घमासान निकै चर्चामा छ । 

चितुवाले खेतमा काम गर्ने किसानलाई आक्रमण गरेको बताइएको थियो । तर, किसान डरबिना करिब पाँच मिनेट चितुवासँग लडे । हातमा जे आयो त्यही लिएर चितुवालाई आक्रमण गरे । चितुवाको मृत्यु भएको छ । किसान घाइते अवस्थामा अस्पताल भर्ना भएका छन् ।

दैनिक भास्करको रिपोर्ट अनुसार घटना अफजलगढ थाना क्षेत्रको भिक्कावाला गाउँको हो । यहाँ बस्ने ५५ वर्षीय टेकवीर नेगी किसान हुन् । उनले यसअघि सेनामा पनि काम गरिसकेका छन् ।

साँझ फार्म नजिकैको जङ्गलबाट निस्केको चितुवाले टेकवीरलाई आक्रमण गरेको थियो । उनी घाइते भए तर साहसका साथ चितुवासँग लडे । 

ज्यान जोगाउन उनले लाठी र मुट्ठीले आक्रमण गरेका थिए । टेकवीरले करिब पाँच मिनेटसम्म चितुवाको सामना गरे।

केही समयपछि चितुवाको मृत्यु भयो । चितुवाको उमेर ४–५ वर्ष रहेको बताइएको छ । टेकवीरको शरीरमा चितुवाको पञ्जा र दाँतको निशान छ। 

घटनालगत्तै उनलाई काशीपुरको निजी अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर देखेपछि चिकित्सकले उनलाई उच्च केन्द्रमा रिफर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्