२१ जेठ २०८३, बिहीबार

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

कात्तिक ४, २०८१
काठमाडौं
वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भइ सेवा प्रवाह सञ्चालन भएको छ ।

गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भइ सेवा प्रवाह शुरू भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरूका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो । 

'वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो । आज समस्या समाधानपछि सेवा शुरू भइसकेको छ,' प्रवक्ता ढकालले भने ।

सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भएपनि इमेल तथा भौतिक रूपमा उपस्थित भइ दिएको निवेदन भने सङ्कलन निरन्तर रुपमा भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्