२१ असार २०८३, आइतबार

शहरी विकासमन्त्री सिंहका सय दिन : धरहरा खुलादेखि सबैभन्दा लामो झोलुङ्गे पुल सञ्चालनसम्म

कात्तिक ४, २०८१
काठमाडौं
शहरी विकासमन्त्री सिंहका सय दिन : धरहरा खुलादेखि सबैभन्दा लामो झोलुङ्गे पुल सञ्चालनसम्म

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो एक सय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री सिंहले आफूले नेतृत्व सम्हालेपछि भएका काम को प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहले शहरलाई सुरक्षित गर्न आवश्यक नीति बनाउन आफूले काम गरिरहेको सिंहले बताए । 

‘मन्त्रालयबाट गर्नुपर्ने नीतिगत काम पनि हामी गरिरहेका छौं । त्यसका लागि पटक पटक सरोकारवाला निकायहरूसँग पनि हामीले छलफल गरिरहेका छौं,’ उपप्रधान एवं शहरी विकास मन्त्री सिंहले भने, ‘काम गर्नेहरूलाई काम गर्ने वातावरण बनाउने गरि नयाँ नीति र ऐनहरू ल्याउन काम गरिरहेका छौं ।’

मन्त्रालयका सचिव मणिराम गेलालले सिंहले मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत कामहरू अघि बढेको बताए । ‘दमक व्यापारिक भवन,बुटवल सभा हल, धरहरा जस्ता ठूला संरचनाहरू निर्माण भइसकेपछि शहरी विकास मन्त्रालयले नै सञ्चालन गर्ने हो र ? बनाउन पनि सञ्चालन गर्यौ, अब सञ्चालनमा पनि खर्च गर्ने होइन,’ उनले भने,‘ त्यसैले यसलाई कसरी सञ्चालन गर्ने भनेर हामीले गठनादेश बनाएर अहिले क्याबिनेट लगेका छौं । सम्भवतः अबको क्याबिनेटबाट स्वीकृत होला ।’ 

शहरी विकास मन्त्रालयले एक सय दिनमा राखेका ११ मध्ये ८ वटा लक्ष्य हासिल गरेको छ भने ३ वटा योजना चालू अवस्थामा रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।​

सय दिनमा के के भए ? 

१. धरहरा परिसरमा निर्मित मुख्य संरचनाहरू (धरहरा, बेसमेन्ट, पार्किङ, बगैंचा)०८१ असोज  ३ बाट लागि सर्वसाधारणका लागि  खुला गरिएको

२. ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बु,पाँचथर, लुङरुपा आयुर्वेद औषधालय पाँचथर, डडेलधुरा उपक्षेत्रीय अस्पताल भवन, इसिबु स्वास्थ्य चौकी भवन , तेह्रथुमम, मारेकहटहरे स्वास्थ्य चौकी र मूर्तिढुङ्गा स्वास्थ्य चौकी धनकुटा र थोकलुङ स्वास्थ्य चौकी तेह्रथुमको निर्माण कार्य सम्पन्न

३. जाजरकोट र रुकुम पूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण सम्पन्न 

४. भैंसेपाटीमा मन्त्री आवास निर्माण कार्य सम्पन्न । १८ जना संघीय मन्त्री, राष्ट्रिय सभाको उपाध्यक्ष र जवान लाइनको ३ वटै भवनमा सुरक्षाकर्मी बसिसकेको । बाँकी मन्त्री पनि केही दिनमा सर्ने तयारी भइरहेको । 

५. दमक व्यापारिक कम्प्लेक्स, चितवन सौराहा सभाहलको भजन निर्माण कार्य सम्पन्न 

६.नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय भवनको पुनर्निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण 

७. २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न ।

८. ५० वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ४० वटा सम्पन्न । १० वटा पुल निर्माण कार्य चालू अवस्थामा ।

९. पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालन 

१०. गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किमि क्षेत्रमा ढल व्यवस्थापन । १ महिनाभित्रमा गोकर्णदेखि गुह्येश्वरीसम्म ढल मुक्त हुने ।

salt training

कमेन्ट गर्नुहोस्