
झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कमल गाउँपालिका- ५ स्थित पूर्व-पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश न.१-०१-००१ ख ३४३५ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका- ७ का ५५ वर्षीय पदम मुकारुम राईको मृत्यु भएको हो ।
बस, मोटरसाइकल र बस चालक गौरादह नगरपालिका-१ का ३५ वर्षीय सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।