
मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम तलब बढाएको छ । मलेसियन सरकारले तलब दुई सय रिङ्गेट बढाउने घोषणा गरेको हो ।
नयाँ तलब आगामी १ फेब्रुवरी २०२५ देखि लागु हुने छ । हाल मलेसियामा कार्यरत आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक एक हजार पाँच सय रिङ्गेट रहेको छ ।
नेपालस्थित मलेसियन दूतावासका अनुसार मलेसियाले सन् २०२५ बाट लागु गर्ने गरी वृद्धि गरेको एक हजार सात सय रिङ्गेट आधारभूत तलब विदेशी श्रमिकका हकमा पनि लागु हुने छ ।
तलब वृद्धिको निर्णयबाट लाखौ नेपाली समेत लाभान्वित हुनेछन् ।