०३ असार २०८३, बुधबार

जुम्ला पुगे प्रचण्ड, सिंजामा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने

कात्तिक ५, २०८१
जुम्ला
जुम्ला पुगे प्रचण्ड, सिंजामा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुम्ला पुगेका छन् । 

जुम्ला पुगेका प्रचण्डले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना हुने जन सभालाई सम्बोधन गर्ने छन् ।

अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन् ।

आजै काठमाडौंबाट नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी जनसभालाई सम्बोधन गरेर फर्कने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्