३१ असार २०८३, बुधबार

माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसबाट आएका माझीलाई उम्मेदवार बनाउने

कात्तिक ५, २०८१
विराटनगर
माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसबाट आएका माझीलाई उम्मेदवार बनाउने

नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नमनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ।

उपनिर्वाचन हुनुभन्दा २ महिनाअगाडि नै उम्मेदवार घोषणा गरिएको हो।

ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार एक कार्यक्रम आयोजना गरेर माझीलाई उम्मेदवार घोषणा गरिएको छ। 

माझी केही समयअगाडि नेपाली कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए। उनलाई प्रचण्डले पार्टीमा प्रवेश गराएका थिए।

उनी यसअघि २०७४ मा ग्रामथान गाउँपालिका- १ मा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

२०७९ मा रूपमा वडाध्यक्षको उम्मेदवार बनेका उनी तेस्रो भएका थिए ।

आगामी मंसिर १६ गतेका लागि उपनिर्वाचन घोषणा गरिएको छ। उक्त निर्वाचनका लागि कांग्रेस र एमालेले भने उम्मेदवार तय गरिसकेका छैनन् ।

०७९ सालको पालिका निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए। उनको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो।

राष्ट्रिय सभाको निर्वाचनका लागि तत्कालीन कांग्रेस–माओवादी गठबन्धन भेलामा सहभागी भएका बेला उनलाई हृदयाघात भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्