२२ असार २०८३, सोमबार

ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिने सम्मेलन हुने

कात्तिक ६, २०८१
काठमाडौं
ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिने सम्मेलन हुने

ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने भएको छ । 

नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा कात्तिक ९ गतेदेखि ११ गतेसम्म ललितपुरस्थित होटेल हिमालयमा सम्मेलन हुने भएको हो ।

सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए/गरेका गतिविधिबारे छलफल गर्ने सम्मेलनका सहसंयोजक डा. देवलप्रसाद भट्टराईले बताए ।  

'सम्मेलनले वैज्ञानिकलाई भेला पारेर आ-आफ्ना उपलब्धि र अनुभव साटासाट गर्न लागिएको हो, यो सम्मेलनमा चीन, भारत, मलेसिया, इण्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिक आउँछन् । चीनबाट मात्रै १६ जना वैज्ञानिकहरू सहभागी हुनेछन्,' उनले भने। 

वातावरण र ऊर्जा क्षेत्रको विषयमा केन्द्रित रहेर छलफल हुने सम्मेलनमा विश्वका अन्य मुलुकले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रमा अपनाइरहेका वैज्ञानिक पद्धतिका बारेमा छलफल हुने उनले जानकारी गराए । 

इन्जिनियरिङ र विज्ञानका क्षेत्रमा सन् २००८ पछि हरेक वर्ष यस्ता कार्यक्रम भइरहेको जानकारी गराउँदै भट्टराईले स्वास्थ्यका क्षेत्रमा क्यान्सर र मधुमेहको उपचारका विषयमा अध्ययन अनुसन्धानबाट पत्ता लागेका कुरा आदानप्रदान हुने जानकारी गराए।

एक सय ३६ जनाको उपस्थिति रहने सम्मेलनमा ४० जना विदेशी सहभागी रहने जनाइएको छ । सम्मेलनमा अध्ययन अनुसन्धानलाई कसरी दैनिक जीवनमा लागू गर्ने भन्ने विषयमामा छलफल हुने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्