३१ जेठ २०८३, आइतबार

अङ्काराको एयरोस्पेस कम्पनीमा आक्रमण

कात्तिक ७, २०८१
काठमाडौं
अङ्काराको एयरोस्पेस कम्पनीमा आक्रमण

अङ्कारा–टर्कीको अङ्कारानजिकै रहेको टर्किश एयरोस्पेस इन्डस्ट्रिज (टीएआई)को मुख्यालयबाहिर भएको ठूलो विस्फोटमा केही मानिसहरूको मृत्यु भएको छ । यस्तै केही मानिस घाइते भएको टर्कीका गृहमन्त्रीले बुधबार बताएका छन् । उनले यसलाई ‘आतङ्कवादी आक्रमण’ भनेका छन् । 

‘टर्किश एयरोस्पेस इन्डस्ट्रिजविरुद्ध आतङ्कवादी आक्रमण भएको छ, दुर्भाग्यवश, हाम्रा मानिस शहीद र घाइते भएका छन्,’ गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको घटनास्थलको फुटेजमा शुरूमा धुवाँको ठूलो मुस्लो र पछि ठूलो आगलागी भइरहेको देखाएको थियो । घटना अङ्काराबाट करिब ४० किलोमिटर उत्तरमा रहेको कहरमानकजान नामक सानो शहरमा भएको हो ।

यो विस्फोट इस्तानबुलमा रक्षा र एयरोस्पेस उद्योगहरूको प्रमुख व्यापार मेला भइरहेको बेला भएको हो । मेलामा यस हप्ता युक्रेनका शीर्ष कूटनीतिज्ञले भ्रमण गरेका थिए ।

आफ्नो बायरक्तार ड्रोनहरूका लागि व्यापक रूपमा परिचित टर्कीको रक्षा क्षेत्रले देशको निर्यात राजस्वको करिब ८० प्रतिशत हिस्सा ओगट्छ र २०२३ मा यसको राजस्व १० अर्ब २० करोड डलर नाघ्ने अपेक्षा गरिएको छ ।

आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्