
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबूखैरेनी क्याम्पसको भवन उद्घाटन गरिएको छ ।
बिहीबार नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तीरमण वाग्ले रआँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.००१ करोड आर्थिक सहयोगमा उक्त भवन निर्माण गरिएको बताइएको छ ।
भारतीय दूतावासका अनुसार उक्त बजेटबाट क्याम्पसलाई आवश्यक अन्य सुविधासँगै दुई तले भवनको निर्माण गरिएको छ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो भने जिल्ला समन्वय समिति, तनहुँमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख, आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र क्याम्पस व्यवस्थापन समितिका अध्यक्षले आ–आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।
उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापकरप्राध्यापिका, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।