
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम सञ्चालन गरेको छ ।
यही कात्तिक ८ र ९ गते आयोजित कार्यक्रममा धनुषाको मिथिला प्राविधिक कलेज र मोनाष्टिक कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूको सहभागिता रहेको थियो ।
करिब ९० जना विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरू कार्यक्रममा सहभागी बनेका कार्यक्रमका प्रशिक्षक एवं प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले जानकारी दिए ।

कार्यक्रममा पुँजी बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापनसम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नुपूर्व ध्यान दिनु पर्ने कुराहरू, बजारमा उपलब्ध लगानीका उपकरण तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रशिक्षक झाले प्रकाश पारेका थिए ।