०७ असार २०८३, आइतबार

लेबनानमा इजरायली हवाई आक्रमणमा १५ को मृत्यु, पाँच घाइते

कात्तिक ११, २०८१
काठमाडौं
लेबनानमा इजरायली हवाई आक्रमणमा १५ को मृत्यु, पाँच घाइते

दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

इजरायली ड्रोन र लडाकू विमानहरूले दक्षिणी लेबनानका १० सहर र गाउँमा १३ वटा हवाई आक्रमण गरेका थिए ।

इजरायली सेनाले दक्षिणी लेबनानका सीमावर्ती गाउँहरूमा आक्रमण जारी राखेको छ ।

यसैबीच हिजबुल्लाहले एक विज्ञप्तिमार्फत इजरायली शहर एकरको सैन्य उद्योगमा हवाई आक्रमण गरेको बताएको छ ।

आइतबारको छुट्टै विज्ञप्तिमा आइडिएफले दक्षिणी लेबनानमा हिजबुल्लाहसँगको गोलीबारीमा शनिबार चार इजरायली सैनिक मारिएको बताएको छ । चारै जनाले आइडिएफको एलोन रिजर्व इन्फन्ट्री ब्रिगेडमा सेवा गरेका थिए ।

आइडिएफले शनिबार दक्षिणी लेबनानमा एक सय २० भन्दा बढी हिजबुल्लाह लक्ष्यमा आक्रमण गरी ७० हिजबुल्लाह लडाकूलाई मारेको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्