२५ जेठ २०८३, सोमबार

गोदावरी पुष्प मेलामा एक करोड १८ लाखको कारोबार

कात्तिक ११, २०८१
काठमाडौं
गोदावरी पुष्प मेलामा एक करोड १८ लाखको कारोबार

जावलाखेल मैदानमा आयोजित १७औँ गोदावरी पुष्प मेला आज सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका थिए भने रु एक करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वअध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । 

तामाङका अनुसार मेलामा पुष्प जातीय विकास र गुणस्तरीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले पुष्प व्यवसाय प्रदर्शनी गरिएको थियो । मेलाको पहिलो दिनमा रु २५ लाख, दोस्रो दिनमा रु २५ लाख, तेस्रो दिनमा रु ५० लाख र अन्तिम दिनमा रु २८ लाखको कारोबार भएको थियो ।

   यस वर्षको मेलामा बहुवर्षे फूल र इन हाउस ग्रिन प्लान्टप्रति अवलोकनकर्ता बढी आकर्षित देखिएका छन् । मेलामा ७५ वटा प्रदर्शनी कक्ष, ६८ व्यावसायिक स्टल, दुई प्रतियोगितात्मक स्टल, चार अफिसियल स्टल र एक सेल्फी स्टल आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्