२१ जेठ २०८३, बिहीबार

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

कात्तिक १२, २०८१
काठमाडौं
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम आंशिक  मुख्यतया सफा रहेको छ । 

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव छ ।
 

salt training

कमेन्ट गर्नुहोस्