
बर्दियामा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् ।
मधुवन नगरपालिका- ३ स्थित कोठिया सामुदायिक वनबाट १ थान बन्दुकसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राजापुर नगरपालिका- १० नर्सरीका ६३ वर्षीय चन्द्रबहादुर भण्डारी र अन्य २ जना छन् ।
उनीहरूलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।