०३ साउन २०८३, आइतबार

विस्फोटक पदार्थ नभेटिएपछि भारतको नयाँ दिल्लीतर्फ उड्यो एयर इण्डियाको विमान

कात्तिक १२, २०८१
काठमाडौं
विस्फोटक पदार्थ नभेटिएपछि भारतको नयाँ दिल्लीतर्फ उड्यो एयर इण्डियाको विमान
फाइल तस्वीर

विमानमा विस्फोटक पदार्थ नभेटिएपछि एयर इण्डियाको विमान भारतको नयाँ दिल्लीतर्फ उडेको छ। ​

सोमबार दिउँसो एयर इण्डियाको एआई–२१६ विमानमा बमको हल्लापछि विमानका सम्पूर्ण यात्रुलाई ओरालेर चेकजाँच गरिएको थियो ।

तर विमानमा कुनै विस्फोटक पदार्थ नभेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले लोकान्तरलाई जानकारी दिए ।​

विमानमा विस्फोटक पदार्थ ​​नभेटिएपछि एयर इण्डियाको उक्त विमान सोमबार साँझ भारतको नयाँ दिल्लीतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ। 

दिउँसो २ बजे काठमाडौं विमानस्थलमा अवतरण भएको एयर इण्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच गरेका थिए ।

सो विमान काठमाडौंबाट एक यस ५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो ।

यसअघि यही कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्फोटक पदार्थ निष्क्रिय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्