२२ जेठ २०८३, शुक्रबार

प्रधानसेनापति सिग्देलले गरे जुम्लाको देवीदत्त गणको निरीक्षण भ्रमण

कात्तिक १२, २०८१
काठमाडौं
प्रधानसेनापति सिग्देलले गरे जुम्लाको देवीदत्त गणको निरीक्षण भ्रमण

प्रधानसेनापति अशोकराज सिग्देलले श्री नम्बर २४ बाहिनी अड्डा र श्री देवीदत्त गणको निरीक्षण भ्रमण गरेका छन् ।

उनले सोमबार जुम्लामा रहेका उक्त अड्डा र गणको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बाहिनी अड्डा तथा गणको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

साथै उनले आवश्यक निर्देशनसमेत दिएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो अवसरमा उनले दुवै ब्यारेक हाताको अवलोकन गर्नुका साथै सकल दर्जालाई सम्बोधन गरेका थिए ।

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्