२६ असार २०८३, शुक्रबार

भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

कात्तिक १७, २०८१
काठमाडौं
भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने व्यक्तिलाई दैलेख प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नौमुले गाउँपालिका वडा नम्बर ७ घर  भएका ४४ वर्षीय वीर बहादुर थापा रहेका छन् । 

उनले आफू पूर्व भारतीय सेना भएको भन्दै विभिन्न व्यक्तिहरूलाई भारतीय सेनामा भर्ती गरिदिने प्रलोभन आठ लाख  लिएर ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । 

थापालाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी दैलेख जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्