२१ असार २०८३, आइतबार

सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ : प्रधानमन्त्री

कात्तिक १७, २०८१
काठमाडौं
सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् ।

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उनले नेपाल  संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको बताए ।

प्रधानमन्त्री ओलीले भने, 'नेपाल मण्डलको संस्कृति संसारको मौलिक संस्कृति हो, ऋणमोचन गरिदिएको अवसरमा चलेको यो संवत् हाम्रो आफ्नो मौलिक संवत् हो, नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ ।'

null

आफू २०२७ सालमा काठमाडौं आएपछि यहाँकै स्थानीय बासिन्दा भएको बताउँदै उनले यहाँको भाषा, संस्कृतिप्रति प्रेम रहेको बताए । 'मैले नेवारी परिवारमा विवाह गरेँ, तर मलाई नेवारी बोल्न आएन, तर मलाई नेपाल भाषा बोल्न नआएपछि यसभाषाप्रति मेरो प्रेम छ, नेपालका सबै भाषा, संस्कृति बचाउनु पर्छ,' उनले भने । 

null

विसं २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति मान्यता दिएको थियो ।

त्यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णयगरी कार्यान्वयनमा ल्याएको हो । नेपाल संवत्का अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरी उत्सव र हर्षाहल्लास साथ मनाइँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्