२४ जेठ २०८३, आइतबार

छठ व्रत र सझियाघाट आज

कात्तिक २२, २०८१
महोत्तरी
छठ व्रत र सझियाघाट आज

महोत्तरीसहित मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।

आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैं सिँगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाटहरू मनमोहक छन् । बर्तालुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि  छठ विधिवत् रूपमा समापन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्