
नेपाली कांग्रेसले पूर्वमहासमिति सदस्य बलराम सरदारलाई ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस मोरङको संसदीय समिति बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सभापति डिगबहादुर लिम्बूले जानकारी दिए ।
आज बसेको बैठकले कांग्रेस मोरङका सल्लाहकार सदस्यसमेत रहेका सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए ।
काङ्ग्रेसबाट १७ जना आकांक्षी थिए ।