
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
क्यानडा र अमेरिकाको भ्रमणपछि उनीहरू आज बिहान स्वदेश फर्किएका हुन् ।
क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले स्वागत गरेका थिए ।
अमेरिका र क्यानडामा रहँदा नेपालले २ वटा त्रिकोणात्मक ओडीआई सिरिज, एक त्रिकोणात्मक टी-ट्वान्टी सिरिज तथा अमेरिकासँग ३ टी-ट्वान्टी आई सिरिज खेलेको थियो ।

