३० असार २०८३, मंगलबार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कात्तिक २३, २०८१
ओखलढुंगा
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

ओखलढुंगामा ​जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

सिद्धिचरण नगरपालिका- ११ रमाइलो डाँडास्थित फ्रेण्डसिप वर्कसपमा गएराति तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वर्कसपका सञ्चालक सुनकोशी गाउँपालिका- ९ बस्ने २८ वर्षीय लेखबहादुर सुनुवारलगायत ६ जना छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ७ थान मोबाइल र १ बुक ताससमेत बरामद भएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्