
जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः उडान शुरू गरेको छ । डेढ वर्षको अन्तरालमा जजिराले पुनः भैरहवा–कुवेत उडान शुरू गरेको हो । विमानस्थल उद्घाटनलगतै उडान शुरू गरेको एयरलाइन्सले विभिन्न कारण देखाउँदै एक वर्षअघि रोकेको थियो ।
विमानस्थलका प्रवक्ता दीपक बज्रचार्यले शनिबार बिहान प्रयाप्त यात्रु लिएर जजिरा भैरहवा अवतरण भएको लोकान्तरलाई जानकारी दिए । जजिराले हाप्ताको तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।
शनिबारदेखि फ्लाई दुबईले पनि भैरहवाबाट नियमति उडान गर्दै छ । त्यस्तै नेपाल एयरलाइन्सको पनि काठमाडौं, भैरहवा हुँदै दुवै जाने उडान तालिका छ ।
एकैपटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन् । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ ।