२४ जेठ २०८३, आइतबार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि मेची–महाकाली अभियान चलाउँछौं : प्रचण्ड​

कात्तिक २४, २०८१
काठमाडौं
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि मेची–महाकाली अभियान चलाउँछौं : प्रचण्ड​

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन् ।

मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ​

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने बताउँदै व्यवस्था परिवर्तनको शुरूआती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको बताए ।

आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको र दोस्रोपटकमा उज्यालो नेपालको अवधारणा अनुरूप लोडसेडिङ हटाएको उनले बताए ।

'मैले पहिलोपटक प्रधानमन्त्री हुँदा ऋण मिनाहा गरेँ, नेपालको पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएँ, म अझै थाकेको छैन, त्यसैले अझ परिवर्तनको लहर ल्याएर नै छाड्नेछु,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्