२३ असार २०८३, मंगलबार

भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि ‘युवा सङ्कल्प यात्रा’

कात्तिक २४, २०८१
काठमाडौं
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि ‘युवा सङ्कल्प यात्रा’

भ्रष्टाचारको नियन्त्रण र सुशासनलगायत १० बुँदे सङ्कल्पसहित शुक्रबार झापाबाट सुरुभएको मेची–महाकाली ‘युवा सङ्कल्प यात्रा’ आज मोरङको बेलबारी आइपुगेको छ । 

नेपाली कांग्रेसका नेता तथा अभियानका संयोजक भूपेन्द्रजङ शाहीले उक्त सङ्कल्प यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मङ्सिर ४ गते महाकाली पुगेर समापन हुने बताए । 

उनले संसद्का दुई ठूला पार्टी मिलेर बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र त्यसका लागि ध्यानाकर्षण गराउन पनि यात्रा प्रारम्भ गरिएको बताए । “कांग्रेस र नेकपा (एमाले) सरकार छ । विशिष्ट परिस्थितिमा बनेको यस सरकारलाई असफल हुने छुट छैन । त्यसैले जनतामा आशा, भरोसा र विश्वास जगाउन सक्नुपर्छ । सरकारका लागि सरकार बनेर मात्रै हुँदैन । यसबारे ध्यानाकर्षण गराउने हाम्रो पनि भूमिका हुन्छ”, संयोजक शाहीले भने,“यात्राले युवालाई राजनीतिक आन्दोलनको मात्र नभइ आर्थिक विकासको साझेदार बनाउने उद्देश्यसमेत लिएको छ । लोकतान्त्रिक मूल्यमान्यता प्रवर्द्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचार उन्मूलन, सुशासन, युवा उद्यमशीलताको प्रवर्द्धन र राष्ट्र निर्माणको नेतृत्व गर्न पनि अभियान सार्थक हुने अपेक्षा गरेका छौँ ।”

कांग्रेस मोरङका सभापति तथा सङ्घीय सांसद डिगबहादुर लिम्बूले सङ्कल्प यात्रा सफलताको शुभकामना व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्