
प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण हुन नसकेपछि जजिरा एयरलाइन्सको जहाज काठमाडौं डाइभर्ट भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मध्यान्ह भिजिबिलिटी कम भएर अवतरण हुन नसकेपछि जजिराको जहाज काठमाडौं डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए ।
मौसम खुलेपछि यात्रु छाड्न जजिरा भैरहवा आउने उनले बताए ।
जजिराले भैरहवामा सातमा तीन दिन उडान थालेको छ ।
खराब मौसमकै कारण पोखराबाट भैरहवा पनि उडान हुन सकेको छैन ।