०७ साउन २०८३, बिहीबार

नबिल बैंकलाई दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्ड

कात्तिक २७, २०८१
काठमाडौं
नबिल बैंकलाई दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्ड

नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्‌मा मेरिट अवार्ड प्रदान गरिएको छ। 

साउथ एसियन फेडरेशन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो।

दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता तथा सुशासनका लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ।

साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ। साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो ।

null

नबिल बैंकले देशभरिका २ सय ६८ शाखा र ३ सय २० एटीएम मेसिनहरूबाट २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।  

 

कमेन्ट गर्नुहोस्