२४ जेठ २०८३, आइतबार

तीन सय किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ

कात्तिक २८, २०८१
काठमाडौं
तीन सय किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ

प्रहरीले ३०७ किलोग्राम गाँजासहित सुनसरीमा एक कृषि फर्म सञ्चालकलाई पक्राउ गरेको छ । 

धरान उपमहानगरपालिका-१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट अवैध लागुऔषध गाँजा करिब ३०७ किलोग्रामसहित फर्म सञ्चालक धरान उपमहानगरपालिका-१३ बस्ने ४४ वर्षीय मनिराज राईलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त फर्ममा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी राईलाई पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्