२५ जेठ २०८३, सोमबार

सुप्रिम सहकारी ठगीमा रवि लामिछानेसँग निरन्तर ७ घण्टा बयान, रातिसम्मै चल्ने

कात्तिक २८, २०८१
बुटवल
सुप्रिम सहकारी ठगीमा रवि लामिछानेसँग निरन्तर ७ घण्टा बयान, रातिसम्मै चल्ने
फाइल फोटो

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बुधबार बिहान सवा दश बजेदेखि बयान भइरहेको छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि बुटवल ल्याइएका लामिछानेको बुधबार साँझसम्म पनि बयान भइरहेको छ।

मंगलबार पोखराबाट रुपन्देही ल्याइएका लामिछानेको बुधबार लिखित बयान जारी छ । रुपन्देहीकी प्रहरी प्रवक्ता लक्ष्मी खनालले आजको बयान साँझ ७/८ बजेसम्म चल्ने बताइन् ।

बुधबारको बयानपछि एउटा खाका तयार हुने खनालको भनाइ छ ।

लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकारीलगायतको उपस्थितिमा रविको बयान जारी छ ।

मंगलबार बयानपछि कार्यालयबाट बाहिरिने क्रममा लामिछानेले ‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्