२८ जेठ २०८३, बिहीबार

मुख्यमन्त्री कार्कीसमक्ष सुरक्षा प्रमुखहरूको ब्रिफिङ : थप सचेत हुनुपर्ने अवस्था आएको छ

कात्तिक २८, २०८१
विराटनगर
मुख्यमन्त्री कार्कीसमक्ष सुरक्षा प्रमुखहरूको ब्रिफिङ : थप सचेत हुनुपर्ने अवस्था आएको छ

कोशी प्रदेशमा पहिचानवादीहरूको आन्दोलन केन्द्रित भएर प्रदेश सुरक्षा समितिको बैठक बसेको छ। 

पहिचानवादीहरूले मंसिर २ गते आन्दोलनको घोषणा गरेका छन्। पहिचानवादीको आन्दोलन र आगामी मंसिर १६ गते हुने उपनिर्वाचन केन्द्रित भएर बैठकमा छलफल भएको कोशी प्रदेश प्रहरी प्रमुख, डीआईजी चन्द्रकुवेर खापुङले जानकारी दिए। 

प्रदेशको शान्ति सुरक्षालाई खलल पुर्‍याउन नदिन थप सचेत हुनुपर्ने अवस्था आएको सुरक्षा निकायका प्रमुखहरूले बैठकमा ब्रिफिङ गरेका छन्। 

पछिल्लो समयमा कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र समस्याको पहिचान गरी आउँदै गरेको उपनिर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन तीनवटै सुरक्षा निकाय सचेत हुनुपर्ने सुरक्षा निकायका प्रमुखले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष ब्रिफिङ गरेका हुन्। 

बैठकमा पहिचानको नाममा र धार्मिक मुद्दाले सुरक्षा चुनौती बढेको भन्दै राज्यका उच्च नेतृत्वले त्यसलाई निस्तेज पार्ने रणनीति तयार गर्नुपर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक उच्च प्रहरी अधिकृतले बताए। 

ती अधिकृतका अनुसार धार्मिक संघसंस्थाहरूले समाजमा गरिरहेका गतिविधिले प्रदेशको शान्ति सुरक्षाको अवस्थामा कस्तो असर गर्छ भनेर विश्लेषण गरिएको छ।

‘धार्मिक अतिवाद बढेको छ। विभिन्न संघ–संस्थाको नाममा वडा–वडामा समितिहरू गठन भएका छन्। त्यहाँ गएर किन त्यस्तो गरेको ? भनेर प्रहरीले प्रश्न गर्दा ‘पूजा गर्न’ भन्ने जवाफ आउँछ। तर,  वडासम्मको समिति भोलि धार्मिक संगठनका रूपमा विकास हुँदै गयो भने हाम्रो जस्तो देशमा ठूलो प्रभाव पार्न सक्ने अवस्था आउँछ भनेर हामीले ब्रिफिङ गरेका छौं’, ती अधिकृतले भने। 

कोशी प्रदेशको नामलाई लिएर विभिन्न जातीय संगठनहरूले आन्दोलन गरिरहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्