
काठमाडौंको शंखरापुरमा कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएपछि फरार रहेका चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बा १९ प २६९५ नम्बरको कारका चालक प्रकाश भुजेल - झाँक्री रहेका छन् ।
उनलाई पक्राउ गरेर हाल प्रहरी वृत्त बाैद्धकाे हिरासतमा राखिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।
बुधबार दिउँसो साढे २ बजेतिर शंखरापुरको इन्द्रायणी पुल नजिकै झाँक्रीले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार कारको ठक्करबाट दुई जना घाइते भएका थिए ।
घाइते दुई जनालाई शंखरापुर अस्पतालमा लगिएकोमा त्यहाँबाट ग्राण्डी अस्पतालमा रिफर गरिएको छ।