![दुई वर्षपछि निर्वाचन क्षेत्रमा फर्किएका देउवाको दैनिकी [तस्बिरहरू]](https://lktcdn2.prixacdn.net/media/GcVTe7qaMAAXrKg_2c88J1hcef.jpg)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला गृहजिल्ला डडेलधुरामा पुगेका छन् । गृहजिल्लामा २ वर्षपछि पुगेका उनी आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँहरू पुगेर जनतासँग भेटिरहेका छन् ।
सोही क्रममा बिहीबार देउवा विभिन्न कार्यक्रममा सहभागी भए । जसअनुसार बिहान जिल्ला कार्यसमिति डडेल्धुराको बैठकमा सहभागी भएका देउवाले पार्टीलाई जनताको हितमा काम गर्नेगरी कार्यक्रम बनाउन निर्देशन दिए ।
त्यसपछि उनी डडेल्धुराको अजयमेरु गाउँपालिकामा स्थानीयवाशीहरुसँग छलफल तथा अन्तरक्रियामा सहभागी भए भने डडेल्धुरा विमानस्थलका लागि प्रस्तावित अजयमेरु गाउँपालिका– १ पुइलेक डाँडामा पुगेर अवलोकन पनि गरे । अघिल्लो दिनमा पनि देउवा यसैगरी गाउँगाउँमा पुगेर जनतासँग भलाकुसारीका साथै विकास निर्माणको अवस्थाबारे जानकारी लिएका थिए ।





