०५ साउन २०८३, मंगलबार

नक्कली नोटसहित ४ जना पक्राउ

कात्तिक ३०, २०८१
काठमाडौं
नक्कली नोटसहित ४ जना पक्राउ

दाङको तुलसीपुरबाट नक्कली नोटसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका- १० राइसल्यानका ३० वर्षीय राममणि चौधरी, सोही उपमहानगरपालिका- ८ बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका- ९ दोघरेका १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका- ४ घर भई हाल तुलसीपुर उपमहानगरपालिका- ९ बेलुवाका १७ वर्षीय किशोर रहेका छन् ।

उनीहरूलाई तुलसीपुर उपमहानगरपालिका- ९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्