३० जेठ २०८३, शनिबार

प्रधानमन्त्री छाड्नुपर्दाको पीडामा छैन, रिल्याक्स छु– प्रचण्ड

कात्तिक ३०, २०८१
काठमाडौं
प्रधानमन्त्री छाड्नुपर्दाको पीडामा छैन, रिल्याक्स छु– प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री छाड्नुपर्दाको पीडामा आफू नरहेको बताएका छन् ।

आफू सरकारबाट हट्दा संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने चिन्ता रहेको उनले बताए । 

नेपाल राष्ट्रिय प्राध्यापक संघका पूर्वसंयोजक अखिलेश्वर दासको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री छाडेपछि आफू झन् रिल्याक्स मुडमा रहेको बताएका हुन् ।

‘प्रचण्डलाई सरकार छाडेको पीडा छैन । प्रधानमन्त्री हुँदाभन्दा झन् कम्फरटेबल फील गरेको छु । रिल्याक्स छु । जनतासँग गइरहेको छु,’ उनले भने, ‘संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने मात्र चिन्ता छ ।’

प्रचण्डले विगतको इतिहासबाट आफूले पाठ सिकेको बताए । ‘म कतै चिप्ला कुरामा चिप्लिएँ । देशको राजनीति जटिल भयो भन्ने महसुस भएको छ । इतिहासले जसलाई मिल्नु भनेको छ, उनीहरूसँग मिल्नुपर्छ भन्ने आवश्यकता बोध भएको छ ।’

उनले विगतको जस्तै संविधान मिच्ने र संसद् विघटन गर्ने कसरत सफल हुन नपाओस् र देशलाई फेरि प्रतिगमनतिर लैजाने कसरत सफल नहोस् भनेर परिवर्तन पक्षधरहरू एकजुट हुनुपर्ने बताए ।  
 

salt training

कमेन्ट गर्नुहोस्