३० असार २०८३, मंगलबार

अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको आरोपमा १ जना पक्राउ

कात्तिक ३०, २०८१
काठमाडौं
अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको आरोपमा १ जना पक्राउ

अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रतापपुर गाउँपालिका–७ का २४ वर्षीय अमनप्रताप हरिजन रहेका प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

'बालयौन दुर्व्यवहारको सामग्री तयार पारी विद्युतीय माध्यमबाट प्रसारण गरेको विषयमा आवश्यक अनुसन्धान गर्दा निज अमनप्रताप हरिजन खुल्न आएकाले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सहयोगमा बिहीबार पक्राउ गरिएको हो,' उनले भने ।​

उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी आज जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक अवस्थीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्