२८ जेठ २०८३, बिहीबार

२ सय ५१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मधेशका मुख्यमन्त्री अयोध्या प्रस्थान

मंसिर १, २०८१
जनकपुरधाम
२ सय ५१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मधेशका मुख्यमन्त्री अयोध्या प्रस्थान

मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंह नेतृत्वको २ सय ५१ सदस्य प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको छ । 

यही मङ्सिर २१ आयोजना हुने जानकी विवाह महोत्सवका सन्दर्भमा भारतको उत्तर प्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्न मुख्यमन्त्री सिंह नेतृत्वको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रतिनिधि मण्डलमा विश्व हिन्दूपरिषद् नेपाल, जनकपुरका प्रमुख मजोजकुमार साह, जनकपुर उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी छन् ।

प्रतिनिधिमण्डल आइतबार राति अयोध्या पुग्ने र उक्त मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्ने परिषद्का अध्यक्ष सन्तोष साहले बताए ।

सोमबार अयोध्यास्थित राममन्दिरमा तिलकोत्सवको आयोजना गरिनेछ ।

परम्परागत रूपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतीकात्मक रुपमा भगवान श्रीरामका साथै चारै दाजुभाइ र तीन रानीका लागि लत्ताकपडा  गरगहनासँगै माखन, दहीचिउरा, फलफूल पकवान मिष्टान्न सौगातस्वरूप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्