
मंसिर १६ गते सम्पन्न हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूहले माओवादी केन्द्रलाई नै समर्थन गर्ने भएको छ ।
सो समूहका प्रवक्ता रमेश प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा नेकपा माओवादी केन्द्रको उम्मेदवार रहेका पालिका र वडाहरूमा आफूहरुको पूर्णरुपमा साथ रहने उल्लेख छ । सो समूह बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट फुटेर माओवादीसँग एकताको प्रतिक्षामा रहेको छ ।