२८ जेठ २०८३, बिहीबार

हिमाली जिल्लामा चुनावी सरगर्मी, हेलिकप्टरबाट ल्याइयाे निर्वाचन सामग्री

कात्तिक २४, २०७४
हिमाली जिल्लामा चुनावी सरगर्मी, हेलिकप्टरबाट ल्याइयाे निर्वाचन सामग्री

कार्तिक २४ मुगु–आगामी  मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मुगु जिल्लामा आवश्यक पर्ने सबै सामग्री हेलिकप्टरबाट आयात गरिएको छ । 

प्रतिनिधिसभातर्फ १ वटा मात्रै निर्वाचन क्षेत्र रहेको मुगुमा निर्वाचन आयोगले मतपेटीकासहित अन्य आवश्यक सामग्री नेपाली सेनाको हेलिकप्टरबाट मुगुमा पुर्याएको हो । 

मुगुको ताल्चा विमानस्थलमा निर्वाचन सामग्री झारिए पनि नेपाली सेना र नेपाल प्रहरीको सुरक्षा घेरामा गाडीबाट सदरमुकाम गमगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । 

निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचनका मत पत्र,  मत पेटिका, मतदाता शिक्षा सामाग्री लगायतका मतदानसँग सम्बन्धित  अन्य सबै सामग्री जिल्ला पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जिल्लामा रहेका ६० वटा मतदान केन्द्रका लागि आवश्यक पर्ने सामाग्री  तिस हजार पन्द्र मतदातालाई चाहिने मत पत्र भन्दा १० प्रतिशत बढी मत पत्र र अन्य सामाग्री पनि १० प्रतिशत नै बढि रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजीमा बुढाले बताए ।

निर्वाचनको समयमा कुन किसिमका सामानहरु टुटफुट हुँदा वा अन्य केही कारण वस सामान अभाव नहोस् भनेर निर्वाचन आयोगले नै १० प्रतिशत बढी निर्वाचन सामाग्री पठाउने गरेको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्